२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जानेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।

समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।


क्याटेगोरी : उर्जा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ