काठमाडौँ । चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया भएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् ।
साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुुभयो ।
चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ १५ गतेसम्म अझै बढेको छ । उहाँका अनुसार साउन महिना ६५ देशका लागि ६३ हजारले श्रमस्वीकृति लिनेकोमा करिब ४० प्रतिशतले मलेसियाका लागि लिएका थिए भने भदौ १५ गतेसम्म ३५ हजार जनाले श्रम स्वीकृति लिएकोमा लगभग ४९ प्रतिशतले मलेसियाका लागि मात्रै लिएका छन् ।
मलेसियाका रोजगारदाताले श्रमिकलाई पारिश्रमिकबाहेक अन्य सेवा-सुविधामा पनि लचकता देखाएपछि नेपाली श्रमिकको रोजाइमा मलेसिया पर्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताउनुुभयो । मलेसियाली सरकारले गत मार्चदेखि आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार रुपियाँ) पुर्याएको छ ।
विभागका महानिर्देशक आचार्यले पारिश्रमिकका साथमा बस्नका लागि होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेकोे बताउनुुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक विमल ढकालले खाडी मुलुकभन्दा तुलनात्मक रूपमा मलेसियाको हावापानी नेपालसँग मिल्दोजुल्दो भएकाले पनि नेपाली श्रमिकका लागि मलेसिया अनुकूल देखिएको बताउनुुभयो । विभागका अनुसार आव २०७८/७९ को साउन महिनामा झन्डै ३० हजारले श्रम स्वीकृति लिएकोमा पहिलो श्रम गन्तव्य मुलुुक साउदी अरब थियो ।
चालू आर्थिक वर्षको डेढ महिनामा साउदी अरब चौथो स्थानमा पुुगेको छ । झन्डै दुुई वर्ष बन्द भएको मलेसियाको रोजगारी गत २०७८ फागुुनदेखि खुला भएको हो । विभागका अनुसार कोभिड-१९ सुरु भएपछि सरकारले २०७६ चैतदेखि सबै मुलुकका लागि श्रम स्वीकृति बन्द गरेको थियो । नेपालमा कोभिड-१९ महामारी सुरु हुँदा मलेसियामा प्रभाव सामान्य थियो । तर, मलेसियामा पनि कोभिड तीव्र रूपमा फैलिएपछि मलेसियाले सबै मुलुकका आप्रवास श्रमिकका लागि प्रवेश बन्द गरिदियो ।
२०७८ साल कात्तिकदेखि मलेसियाली सरकारले आप्रवासी श्रमिकका लागि खुला गरे पनि फागुुनदेखि मात्रै नेपाली श्रमिकले मलेसियाका लागि श्रम स्वीकृति लिन थालेका हुन्
यो समाचार आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।