२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियभन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल थन्कियो

भन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल थन्कियो


नयाँ दिल्ली – गत साता भारत सरकारले तत्काल लागू हुने गरी कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसबाहेक केन्द्र सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिन गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

निर्यात शुल्कमा वृद्धिसँगै लगभग १० लाख टन अन्न भारतीय बन्दरगाहहरूमा फसेको छ  र किनभने खरीददारहरूले सरकारको नयाँ २० प्रतिशत निर्यात शुल्क तिर्न अस्वीकार गरेका छन् ।

‘मध्यरातबाट भन्सार लागु भयो, तर खरिदकर्ता महसुल तिर्न तयार छैनन् । हामीले जहाज लोड गर्न बन्द गरेका छौं’, अखिल भारतीय चामल निर्यातकर्ता संघ (एआईआरईए) का अध्यक्ष बीवी कृष्ण रावको भनाइँ उदृत गर्दै रोयटर्ससले जनाएको छ । एआईआरइएका अनुसार निर्यात गर्न सकिने झण्डै ७ लाख ५० हजार टन चामल भारतीय बन्दरगाहमा छ ।

एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ