२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रिययोशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री


जापाानले नयाँ प्रधानमन्त्रीका रुपमा योशिहिदे सुगा पाएको छ । जापाानी संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निणर्य गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

स्वास्थ्यका कारण गत महिना शिन्जो आबेल प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । शिन्जो आबेलको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा रहेका ७१ वर्षका योशिहिदले आबेका नीति अनुरुप काम गर्ने सम्भावना रहेको छ ।

जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाए अनुसार लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ