गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप Karobarpati मंगलबार, २०७७ पुस ७ गते, २१:०३ मा प्रकाशित एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइएको छ । उनलाई खोप दिँदा अमेरिकी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ७८ वर्षीय राष्ट्रपति बाइडेनले गृहराज्य डेलावेयर नेवार्कस्थित क्रिस्टियाना अस्पतालबाट फाइजरको खोप लगाएका थिए । बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग अनुरोध गरेका थिए । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने आउदो साता खोप लिने कार्यक्रम छ । अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यना लिइसकेको कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा भइरहेको छ । उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गएको साता नै खोप लिइसकेका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिनेबारेमा केही बताएका छैनन् । अमेरिकामा फाइजर-बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग