२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियजापान सरकारद्धारा १० खर्ब अमेरिकी डलर बजेट प्रस्तुत

जापान सरकारद्धारा १० खर्ब अमेरिकी डलर बजेट प्रस्तुत


एजेन्सी । सन् २०२१का लागि जापानले पछिल्लो नौ बर्षदेखिकै ठूलो १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन)को बजेट ल्याएको छ । उक्त बजेट पुस ६ गते जापानी मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो ।

कोभिड -१९ नियन्त्रण र स्वास्थ्य सेवा प्रणाली चुनौती झन बढदैं गएकाले जापानी सरकारले ५० येन छुटाएको जानकारी दिएको छ ।
जापानी अर्थमन्त्री तारो आसोले कोरोना संक्रमण रोक्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने र देशको आर्थिक स्वास्थ्यमा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताए।

जापान सरकारको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ। जापानले अमेरिकासँग खरीद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा अझै सहमति जुटिसकेको छैन।

रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम पनि जारी छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ