तालिबानले नेता मुल्ला मोहम्मद हसन अखुन्दलाई अन्तरिम सरकारको नेतृत्वमा चयन गरेको छ ।
तालिबानका प्रमुख प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने मंगलबार साँझ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।
तालिबानले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन गरेको छ ।
त्यस्तै, तालिबानले अन्तरिम सरकारमा अब्दुल गनी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्री, सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री ,निमित्त रक्षामन्त्रीमा मुल्लाह याकूबलाइ् नियुक्त गरेकाे छ ।
एजेन्सी