२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियन्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग

न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग


अमेरिकाको न्युृयोर्क प्रहरीको सामुदायिक मामिलामा कार्यरत बाइम्दाजी आन्वाङ सोमबार पक्राउ परेका छन् ।

तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधिबारे चिनियाँ पक्षलाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ।

उनले तिब्बती समुदायभित्र पनि गुप्त सूचनाको सम्भावित स्रोतको मूल्याङ्कन गर्न सघाएको बताइएको छ। दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए भने उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्।

यी अङ्गीकृत अमेरिकी नागरिक यदी दोषी ठहरिएमा उनलाई ५५ वर्षसम्मको जेल सजाय हुनसक्छ । अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्।

उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ। उनले न्यूयोर्क प्रहरीका वरिष्ठ अधिकारीहरूलाई औपचारिक कार्यक्रमहरूमा निम्त्याउनेगरी पहुँच बनाएको बताइएको छ।

अदालतमा प्रस्तुत विवरणमा भनिएको छः “आन्वाङले आफ्ना चिनियाँ परिचालकसँग आफू न्यूयोर्क प्रहरीभित्र बढुवा हुन खोजेको र त्यसले गर्दा उनले चीनलाई सहयोग गर्दै देशको ‘प्रतिष्ठा’ राख्न सक्ने बताएका थिए।”

उनले गलत कुरा भनेको र औपचारिक कामकारबाहीमा बाधा पुर्‍याइएको बताइएको छ। अदालतमा प्रस्तुत कागजपत्रमा उनले जनगणतन्त्र चीनबाट पठाइएको उल्लेख्य रकम धेरै चोटि लिएको उल्लेख छ।

न्यूयोर्क प्रहरीका आयुक्तले एउटा विज्ञप्तिमा भनेका छन्, “उजुरीमा भनिए जस्तै बाइम्दाजी आन्वाङले देशका लागि लिएका सबै शपथको उल्लङ्घन गरेका छन्। त्यो अमेरिकाको लागि मात्र नभएर अमेरिकी सेना र न्यूयोर्क प्रहरीविरुद्ध पनि हुनेछ।”

उनी तिब्बतमा जन्मिएका थिए। मुख्य रूपमा बौद्धमार्गीहरूको विकट भूभाग तिब्बतमा चीनले स्वशासित क्षेत्रको रूपमा शासन गर्छ।चीनले त्यहाँ उल्लेख्य विकास भएको दाबी गर्ने गरेको छ। तर अधिकारवादी समूहहरू त्यहाँ बेइजिङले राजनीतिक र धार्मिक दबावहरू दिने गरेको आरोप लगाउँदै चीनले मानव अधिकार हनन जारी राखेको दाबी गर्छन् तर चीनले त्यस्ता आरोपपहरू खण्डन गर्दै आएको छ। — बीबीसी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ