२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै

विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै


एजेन्सी – विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानाकारी दिएको हो ।

आइक्यू  एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा  एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

आइक्यूका अनुसार गाजियावाद भारतको सवैभन्दा प्रदूषित सहर हो । त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ ।

सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो ।

आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्र्सजन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ ।

भारतको नयाँ दिल्लीमा  प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ