२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व इतिहासमा आज

विश्व इतिहासमा आज


आज २३ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

संघीय अनुसन्धान व्यूरोलाई झुक्याएका अमेरिकी अपराधी
सन् १९९४ मा अमेरिकामा संगठित रुपमा हत्या र अपराध गर्ने ह्विट्न वल्गर सन् १९९४ को डिसेम्बरदेखि भूमिगत भएका थिए । उनी करिव १६ वर्षसम्म अमेरिकी सेनाको आँखा छल्न सफल भए, जसका कारण अमेरिकी संघीय अनुसन्धान व्यूरोसमेत लज्जित बनेको थियो । अन्ततः उनी सन् २०११ मा पक्राउ परेका थिए ।

युगोस्लाभियाबाट स्लोभानिया स्वतन्त्र
सन् १९९० मा युगोस्लाभियाबाट स्वतन्त्र हुने विषयमा स्लोभानियामा जनमतसंग्रह भएको थियो । पूर्वी युरोपेली देश स्लोभानिया सन् १९४५ मा समाजबादी गणतन्त्र राज्यको रुपमा गणतन्त्र युगोस्लाभियाको अधिनमा थियो । सन् १९९१ को जुनसम्म स्लोभानियाले वास्तविक स्वतन्त्रता प्राप्त गरेको थिएन् । स्लोभानियाली जनताले युगोस्लाभियाको हस्तक्षेप अस्वीकार गरेपछि १० दिनसम्म युद्ध भएको थियो, जुन युद्ध सन् १९९१ को जुलाईमा समाप्त भएको थियो । सन् १९९१ को २३ डिसेम्बरमा स्लोभानियामा नयाँ संविधान कार्यान्वयनमा आएको थियो ।

टोकियो टावर सर्वसाधारणका लागि खुला
सन् १९५८ मा टोकियो टावर सर्वसाधारणका लागि खुला गरिएको थियो । यो विश्वकै अग्लो स्टिल टावर हो । यसको उचाई ३३३ मिटर छ । फ्रान्सको प्रसिद्ध इफेल टावरमा आधारित यो टावर सञ्चार प्रक्रियाका लागि पनि प्रयोग हुन्छ ।

नाप तौलसम्बन्धी ऐनमा हस्ताक्षर
सन् १९७५ मा अमेरिकी राष्ट्रपति गेराल्ड फोर्डले नाप तथा तौलसम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका थिए । आजभोली वैज्ञानिक र प्राज्ञहरुले मुख्यतः मेट्रिक प्रणाली प्रयोग गर्छन् । सर्वसाधारण अमेरिकीले अमेरिका स्वतन्त्र हुनअघिका नाप तौलका परम्परागत इकाई प्रयोग गर्छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ