२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित

अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित


न्युयोर्क- अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ । एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ