२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियचिनियाँ नयाँ वर्षको अवसरमा एनसेलका ग्राहकले ट्याबलेट जित्ने मौका

चिनियाँ नयाँ वर्षको अवसरमा एनसेलका ग्राहकले ट्याबलेट जित्ने मौका


चिनियाँको नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् ।

यो योजना मंगलबार ९माघ १८० बाट संचालनमा आउने छ । १० दिनसम्म चल्ने यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १÷१ वटा फिल्पकेस र टी–पेनसहितको टीसीएल ट्याव टेनएस पाउँनेछन् ।

ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छन् । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिमकार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरूबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने बताइएको छ । यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई ट्याबलेट हस्तान्तरण गरिनेछ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #एनसेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ