२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी प्रवेश गर्न आग्रह

युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी प्रवेश गर्न आग्रह


युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन सरकारले एक विज्ञप्ति जारी गरी आग्रह गरेको छ । जर्मनीस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत सुचना जारी गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी जर्मनीस्थित नेपाली दूतावासका हुन ।

 

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’दूतावासले विज्ञप्तिमा भनेको छ ।

आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र लिई सीमा नाकामा प्रवेश गर्ने आग्रह गरेको छ । साथै यात्राको क्रममा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ ।

दूतावासले सिमा पार भए पछि सम्र्पकमा बस्न समेत आग्रह गरेका छन । स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा मा डा। बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ ।

रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि अवस्था नाजुक छ । त्यहाँ रहेका नेपालीको उद्धारमा सरकार जुटेको हो । युक्रेनमा हवाई उडन निषेध गरिएका छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #नेपाली दूतावास, #युक्रेन, #रुस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ