२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकामा पेट्रोलिय पदार्थ सकियो अत्यावश्यक सेवाहरू बाहेक अरु सबै सेवा बन्द

श्रीलंकामा पेट्रोलिय पदार्थ सकियो अत्यावश्यक सेवाहरू बाहेक अरु सबै सेवा बन्द


एजेन्सी । श्रीलंकामा सोमबारबाट पूर्ण रूपमा इन्धन सकिएपछि आर्थिक संकट थप गहिरिएको छ ।

श्रीलंकाको सरकारले दुई साता सम्मको लागि स्वास्थ्य, कानून र व्यवस्था, बन्दरगाह, विमानस्थल, खाद्यान्न वितरण र कृषि जस्ता अत्यावश्यक सेवाहरू मात्र सञ्चालन गर्न भएको छ । अत्यावश्यक बाहेकका अरु सबै   सेवाहरू  जुलाई १० सम्मका लागि बन्द गरेको छ।

सोमबार मध्यरातदेखि, स्वास्थ्य क्षेत्र जस्ता अत्यावश्यक सेवाहरू बाहेक कुनै पनि इन्धन बिक्री गरिने छैन, किनभने हामीसँग भएको थोरै भण्डार जोगाउन चाहन्छौं,“ सरकारी प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने ।

श्रीलंकाको सरकारले देशभरका विद्यालयहरू बन्द गरेको छ भने निजी र सरकारी कार्यालयका कर्मचारीहरूले घरबाटै काम गर्न भनेको छ ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चिति न्यून भएकोले खाद्यान्न, औषधि र सबैभन्दा महत्वपूर्ण  इन्धनको आवश्यक आयातको भुत्तानी दिने नसक्ने अवस्थामा छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ