२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे

कोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे


गुआङ्सी  – चीनको गुआङ्सी क्षेत्रको पर्यटकीय रिसोर्टमा पाँच दिनमा करिब ५०० जनामा कोभिड–१९ संक्रमण देखिएको छ ।

कोभिड महामारीबाट बेहाई शहरमा २ हजारभन्दा बढी पर्यटकहरू अलपत्र परेका ग्लोबल टाइम्सले जनाएको छ । छुट्टीको समयमा बिदा मनाउन पर्यटकहरू उक्त रिसोर्ट पुगेका थिए ।गुआङ्सीको दक्षिणमा अवस्थित बेहाइ सहर यस क्षेत्रको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरू मध्ये एक हो ।

बेइहाईमा जुलाई १२ मा पहिलो लक्षणविहीन संक्रमित देखिएकोमा शनिबारसम्म यो संख्या ४४४ पुगेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ । गुआङ्सीको स्थानीय स्वास्थ्य आयोगका अनुसार बेहाइ, नानिङ, गुइलिन, हेझाउ र चोङ्जुओलगायत धेरै सहरहरू प्रकोपबाट प्रभावित भएका छन् ।

त्यस्तै गुआङ्सीको अन्य सहरमा ३० जनामा लक्षणविहीन संक्रमण देखिएको छ । गुआङ्सीको बेहाई सहर ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

 

 एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ