२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियथाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग

थाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग


न्युयोर्क । संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका हुन्।

डुजारिकले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूणर् रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भनेका थिए‚ ‘हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ।’

उनले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूणर् रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताए। हरेक नागरिकले बिनाहातहतियार शान्तिपूणर् रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए।

उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार भनेका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ