२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्तास्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो

स्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो


नेपालको संविधान जारी भए पश्चात संघियता कार्यान्वयन लागि निर्वाचित पहिलो स्थानीय सरकारको कार्यकाल बैशास ६ गते सकिदैछ । यस सन्दर्भमा स्थानिय तहकोे चार बर्ष कस्तो रहयो ? चुनावी घोषण पत्र अनुसार समुदायमा काम भयो की भएन? मुख्य समस्या र चुनौति के कस्ता रहयो ? अधिकार सम्पन्न जनप्रतिनिधिले कस्तो अनुभव गरयो ? लगायतका बिषयमा केन्द्रीत रही कारोबारपार्टीले स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल शुरु गरेको छ । पहिलो छलफलमा हुनुहुन्छ बाकेंको खजुरा गाँउपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा । प्रस्तुत छ, उहाँ कै कार्यक्षेत्रमा पुगेर उत्सव महराले गरेको कुराकानी ः

१. पालिकामा यहांको मुख्य भूमिका के हो?
हाम्रो जिम्मेवारी भनेको स्थानिय सरकारलाई संञ्चालन गर्ने हो । उपाध्यक्षको मुख्य भुमिका न्यायिक समिति, महिला तथा बालबालिका सँग सम्बधित समिति, राजस्व परार्मश समिति, योजना तर्जमा समिति, र सहकारी विकास समितिको संयोजक भएर काम गर्ने हो । साथै अरु कार्य विधिले पनि थुपै कार्यको जिम्मेबारी दिएको छ । यसरी हेर्ने हो भने लगभग १८–१९ वटा समितिको जिम्मेवारी पाएको हुन्छ । तर प्रमुख भुमिका भने न्यायिक समिति नै हो । नेपालमा राम्रो पद्वितिको विकास भएको छ । नेपाली समाजमा सानो ठुला गरी सबैका विवाद हुन्छ । फौजदारी तथा अपराधजन्य अन्र्तगत मुद्धालाई मात्र अदालत पठाउने त्यस बाहेकका बिषयलाई न्यायिक समितिलाई अधिकार दियो भने स्थानीय तहले काम गर्न सक्षम छ । यो नेपालमा एउटा राम्रो परिपार्टीको विकास भएको छ ।

२. चार बर्षको कार्यकालमा यहांले गरेका कामहरुवाट प्राप्त भएका उपलव्धीहरु के के हुन ?
भौतिक पुर्वाधार विकास, मानविय विकासका कार्य जस्तै न्याय तथा चेतना स्तरमा वद्वि गर्नु नै हाम्रो मुख्य उपलब्धीहरु हुन । संमग्रमा हामीले गरेका काम मध्ये पुर्वधारमा गरेका विकास ठ्याक्कै देखिन्छ । तर मानवीय कुरा सँग जोडिएको विकास देखिदैन, न्याय पाएको देखिदैन । हामीले गरेको कतिपय कार्यहरु तत्कालै देखिदैन जस्तै बाख्रा पालन गरेको ६ महिना देखि १ बर्षमा त्यसको उपल्बधी देखिदैन । त्यसतै हाम्रा केही उब्लधीहरु पछि देखिन्छ ।

३. यंहाको सकृयतामा सम्पन्न भएका आर्थिक विकासका कार्यक्रमहरु के के हुन?
मेरो नीजि सक्रियता भने हुदैन पालिकाको हुन्छ । प्रत्येक बर्ष १५–१६ किलोमिटर कालोपत्रे बाटो बनेको छ ।। भौतिक पूर्वधारका विकास सम्पन्न भएका छन । कृषि, उद्योग, रोजगारी र पूर्वाधार लगायतका १२ वटा गौरवका योजनाहरु अघि सारेका छौ जुन आर्थिक विकाससँग सम्बधित छ ।

४. यहांका पालिकाले लक्षित कार्यक्रमहरु संचालन गरेको छ की छैन, यदि गरेको छ भने क कस्का लागि गरेको छ?
लक्षित समुदायका लागि कार्यक्रम पनि छ बजेट पनि छ । तर ठुलो कार्यक्रमहरु छैन सानो–सानो कार्यक्रमहरु बाट अपाङ, बालबालिकालाई सहयोग गर्ने काम भएको छ । बालबालिकालाई शिक्षासँग जोडनलाई अलि धेरै नै बजेट खर्च भएको छ । महिलालाई सीपमुलक तालिम, बालबालिकालाई छात्रावृत्ति वितरण, खास गरेर छोरीलाई प्राथमिकता दिएका छौं । अपाङता भएका व्यतिmलाई परिचय पत्र वितरण सहित समाग्री सहयोग गरेको छौ । महिलालाई सिलाई, कटाई, ल्पमबर, मेशिन, इलेक्ट्रीक आदि विषयमा सीपमूलक तालिम दिएका छौं ।

५. लक्षित समुदायका मूलभूत समस्याहरु के के देख्नु हुन्छ?
समस्या दुईटैमा छ, सरकार पनि लक्षित समुदायमा पनि । जुन देखिन्छ त्यो गर्न जान्दैन । जुन समस्या देखिन्छ त्यो समुदायले गर्न जान्दैन । आफुलाई हिंताबोध महसुस गर्दछ । जो हामी गर्छौ त्यो उनीहरु गर्न चाहदैनन । दीर्घकालिन हुदैन । हामी सीपलाई विकास र त्यसलाई व्यवसायिक गर्न चाहन्छौं । सिक्ने बेला सिक्छन त्यसपछि छोडदिने गर्छन । लक्षित समुदायले व्यवसाय गर्न नसक्ने, नचाहने, नगर्ने तर एकै पटक ठुलो अपेक्षा गर्ने विस्तारै विकास हुदै जाने भन्ने कुरा नबुझने नै समस्या हुन । शिक्षा निःशुल्क भए पनि निरन्तर विद्यालय नजाने त्यसकारण आर्थिक तथा समाजिक रुपमा परिवार खस्किदै जाने गर्दछ । हामीले आवश्यकतामा आधारित रहेर ठुलो कार्यक्रम गर्न नसकिरहेको अवस्था छ । उहाँहरुको ठुलो अपेक्षा छ त्यही भएर लक्षित समुदायलाई समेट्न गाहे भएको छ ।

६. तपाईहरुले संचालन गरेका कार्यक्रमहरु र लक्षित समुदायका समस्याहरु विचमा कत्तिको तालमेल भएको छ?
तालमेल मिलेन त दिगो हुदैन । हामी सानो–सानो कामबाट शुरुवात गर्न खोज्छौ उनीहरुको अपेक्षा ठुलो हुन्छ । त्यसकारण तालमेल मिलेको छैन ।

७. पालिकाको निर्णय पकृयामा तपाईको भूमिका कस्तो छ?
ठिकै हुन्छ । प्रमुख भुमिका नै हुन्छ भने म भन्न सक्दिन । सहमति हुन्छ । उपाध्यक्षले ठ्याक्कै निर्णय लिन नपाई रहेको अवस्था छ ।

८. योजना निर्माण तथा निर्णय पकृयामा तपाईको भूमिका कस्तो छ?
पलिकाको योजना निमार्ण प्रक्रियामा त भुमिका नै रहन्छ । योजना निर्माण प्रकृयामा मेरो भुमिका ५० प्रतिशत हुन्छ ।

९. योजना पकृयामा लक्षित समुदायका व्यक्तिहरुलाई समावेश गरिन्छ? यदि गरिन्छ भने कसरी?
यो अलि हाम्रो कमजोर पक्ष छ । योजना प्रक्रियालाई सात चरणमा लैजान भनेको छ । पहिलो बर्ष सम्पन भयो त्यस पछि भएन । लक्षित समुदाय वा समुदायमा गएर योजना बनाउने हो त्यसपछि कार्यक्रमहरु गर्ने हो तर हामी समुदायमा जान सकेका छैनौ ।

१०. तपाईको पालिकाको सुशासनमा सुधार ल्याउन के गर्नु पर्छ?
सुशासनको बिषयलाई लिएर धेरै गर्नुपर्छ । नागरिक, सरकार र कर्मचारी पनि सुशासित हुनुपर्छ । यो सिंगो भाग छुटेको छ । आर्थिक पारदर्सिकताका कुरा आउछ यसलाई व्यवस्थित गर्नु पर्छ । मैले पहिला नै भने ५ बर्ष शिकाई मात्र भयो । सयंन्त्र बुझदा बुझदै नै समय बित्यो । स्थानीयलाई तह भन्छ सरकार मान्दैन तर काम सरकारको गर्दिनु पर्छ ।

११.तपाईको कार्यकाल पुरा हुन लागेको छ, आफ्नो काम र भूमिका प्रति कत्तिको सन्तुष्ट हुनु हुन्छ? यदि हुनु हुन्छ भने कसरी?
म सन्तुष्ट छु । किन भन्दा संघियता पहिलो हो, म पनि पहिलो हो । व्यवस्था पहिलो हो, सबै कुरा पहिलो हो । हामी आँउदा त ऐन, कानुन थिएन तर पनि हामीले काम गरेका छौं । यो अभ्यास नै नयाँ हो । त्यसकारण हामीले जे गरयो सिक्दै गर्यौँ । त्यसकारण जुन उपलब्धी भएको छ, म पुर्ण सन्तुष्ट छु ।

१२. तपाई फेरि हालको पदमा दोहोरिन चाहानु हुन्छ? यदि चाहानु हुन्छ भने तपाईको तयारी के छ?
चाहन्न । त्यही पदमा किन दोहरीने, नदोहरीने । स्थानीय तहमा संरचना र जनशक्ति छैन । व्यवस्थित गरेर लैजाने हो भने अरु गर्न धेरै बाँकी छ तर अब आफै प्रमुख हुने आफै निर्णायक हुने मन छ । मेरो तयारी ठिकै छ । तर यो मेरो चाहना हो निर्णय पार्टीले गर्छ ।

१३. अन्तयमा केही भन्नु हुन्छ ?
संघीयता अल्पसंख्यक, पछाडि पारिएको, दलित, गरिब, विपन्न वर्गको लागि एकदम राम्रो व्यवस्था हो । यसलाई सबैले अभ्यास गरेर नतिजा निकाल्नु पर्छ । महिला भएर काम गर्न मुश्किल छ । म त दलित महिला साथै एकल पनि । मलाई काम गर्न अनुमित दिएको सैवाधानिक व्यवस्थाले मात्र हो । व्यवहारिक पक्ष कठिन छ । महिला अरुको बैशाखी होइन आफै सक्षम हुनुपर्छ । महिलाले बास्तविक काम गरयो भने यो व्यवस्थामा महिला जतिको काम अरुले कसैले गर्न नै सक्दैन । स्थानीय तहको सरकार भनेको भावनासँग जोडिएको हुन्छ, राति १२ बजे जनताले रुदैं फोन गर्छन जनप्रतिनिधले फोन उठाए पनि उहाँहरु खुशि हुन्छन । त्यसकारण काम गर्न सकिन्छ तर यो व्यवस्थालाई व्यवस्थित गरेर ।

 

 


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #एकमाया विश्वकर्मा, #खजुरा गाँउपालिकाका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ