२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधमहालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट


काठमाडाैं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैंक “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख  बसन्त बक्सीले हस्ताक्षर गरेका हुन  ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको] OPD doctor consultation & checkup सेवा निशुल्क, General Dental Treatment  सेवामा १५% र Ortho Therapy & Dental Implant Treatment  सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


क्याटेगोरी : विविध
ट्याग : #ओम समाज डेन्टल हस्पिटल, #महालक्ष्मी विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ