२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधविश्व इतिहासमा आजः फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला भएको त्यो दिन

विश्व इतिहासमा आजः फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला भएको त्यो दिन


आज २६ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

विश्वको पहिलो छाल स्टेसन
विश्वकै पहिलो छाल स्टेसन सन् १९६६ मा फ्रान्समा खुलेको थियो । स्टेसनको उद्दघाटन २६ अक्टोबरमा तत्कालिन राष्ट्रपति चाल्र्स डी गाउलीले गरेका थिए । यो अहिले पनि विश्वकै सबैभन्दा ठूलो छाल स्टेसन हो ।

मुम्बइमा अतिवादी हमला
सन् २००८ को २६ नोभम्बरमा मुम्बइमा अतिवादी हमला भएको थियो । पाकिस्तानस्थित अतिवादी समूह लस्कर ए तोइबाका लडाकुले मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध हमला गरेका थिए । तीन दिनसम्म भएका ती हमलामा १७४ जनाको मृत्यु ।

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइट
सन् १९६५ मा फ्रान्सले पृथ्वीको अक्षमा एउटा कृत्रिम स्याटलाइट एस्टेरिक्स पठाएको थियो । अमेरिका, रुस, बेलायत, क्यानडा र इटालीपछि पृथ्वीको अक्षमा कृत्रिम स्याटलाइट पठाउने फ्रान्स छैंटौं देश बनेको थियो । फ्रान्सेली लेखक रेने गोस्सिनीको हास्य पात्रको नाममा स्याटलाइट राखिएको थियो ।

एउटा रहस्यमयी चोरी
सन् १९८३ मा बेलायतको एउटा भण्डारगृहमा एउटा रहस्यमय चोरी भएको थियो, जसको अहिलेसम्म पनि केही तथ्य बाहिर आउन सकेको छैन् । २६ नोभेम्बरमा हिथ्रो विमानस्थलको ब्रिंक म्याट भन्डारगृहबाट २ करोड ६० लाख युरो मूल्य बराबरको सुन, चाँदी र केही रकम चोरी भएको थियो । यो चोरी कान्ड अहिलेसम्म पनि रहस्यमय बनेको छ


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ