२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधविश्व इतिहासमा आजः सद्दाम हुसेन पक्राउदेखि भारतीय संसदमा हमला भएको त्यो दिन

विश्व इतिहासमा आजः सद्दाम हुसेन पक्राउदेखि भारतीय संसदमा हमला भएको त्यो दिन


आज १३ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सद्दाम हुसेन पक्राउ
सन् २००३ मा इराकका पाँचौ राष्ट्रपति तथा तानाशाह सद्दाम हुसनलाई टिक्रिटबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन गरिएको कारबाहीलाई अपरेसन रेड डान नाम दिइएको थियो । पक्राउपछि इराकको अन्तरिम सरकारलाई सुम्पिइएको थियो । उनलाई मानवताविरुद्धको अपराधामा मुद्दा चलाइएको थियो । उनलाई सन् २००६ को डिसेम्बरमा मृत्युदण्ड दिइएको थियो ।

भारतीय संसदमा हमला
सन् २००१ को १३ डिसेम्बरमा भारतको तल्लो सदन लोकसभामा अतिवादीले हमला गरेका थिए । आक्रमणमा अतिवादीसहित ४५ जनाको मृत्यु भएको थियो ।

चन्द्रमामा अमेरिकी यानको अन्तिम कार्यक्रम
सन् १९७२ मा अमेरिकी अन्तरिक्ष यान एपोलो १७  चन्द्रमामा पुगेको थियो । एपोल १७ चन्द्रमामा अवतरण अन्तिम तथा छैटौं कार्यक्रम थियो ।

न्युजिल्यान्ड पुग्ने पहिलो युरोपेली
सन् १६४२ मा नेदरल्यान्ड्सका अन्बेषक तथा व्यापारी अबेल तासम्यान न्युजिल्यान्डको दक्षिणी टापुको तटमा पहिलो पटक पुगेका थिए । तासम्यान  अस्टे«ेलियाको टापु तासमेनियामा पाइला हाल्ने पहिलो व्यक्तिसमेत हुन् । तासमेनियाले नेदरल्यान्डका राजकुमारका लागि सो टापु दाबी गरेका थिए । यो टापु उनको नाममा राखिएको थियो ।


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ