२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशअभिनेता पल शाहले गरे आत्मसमर्पण

अभिनेता पल शाहले गरे आत्मसमर्पण


तनहुँ- नाबालिग बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् ।  तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले न्युज कारखानासँग भने ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।

 


क्याटेगोरी : विविध, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ