२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधगैंडाकोटमा पनि पल शाहविरुद्ध उजुरी

गैंडाकोटमा पनि पल शाहविरुद्ध उजुरी


चितवन- बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।


क्याटेगोरी : विविध
ट्याग : #जिल्ला प्रहरी कार्यालय नवलपुर, #पल शाह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ