२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशजुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै


जुम्ला – स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ ।

जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार  यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेकाे छ । चिकित्सकहरूका अनुसार अतिसकाे जरा वाथराेग, छारेराेग, भाेक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेकाे प्रमुख बस्नेतले बताए ।

स्थानीयवासीले अतिसकाे बिरूवा गाईवस्तुको खुरमा घाउ आएकाे बेला समेत प्रयोग गर्दै आएका छन् । यसबाहेक जुम्लामा पाइने अतिस, पदम चाल, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागयत पनि औषधिकाे रुपमा स्थानीयले प्रयाेग गरिरहेका छन् । प्रमुख बस्नेतलले भने- कर्णाली प्रदेशमा पाइने  ६१ प्रकार वनस्पतिमाथि अनुसन्धान भइरहेकाे छ । केन्द्रले लगुपत्र र टुकी फूल पनि उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : विविध, कर्णाली प्रदेश
ट्याग : #जिल्ला वनस्पति अनुसन्धान केन्द्र, #रमेश बस्नेत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ