२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठपालिकागाउँपालिकायी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट 

यी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट 


काठमाडौं – नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका, बलान–विहुल गाउँपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका र कमला नगरपालिका रहेका छन् ।

यस्तै धनौजी गाउँपालिका, सोनम गाउँपालिका, मलंगवा नगरपालिका, विष्णु गाउँपालिका, कटहरीया नगरपालिका, दर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, युमनाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाले पनि हालसम्म बजेट पेश गरेका छैनन् ।

मधेश प्रदेशको धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिका पनि बजेट पेश गरेका छैनन् । बजेट पेश नगर्ने लुम्बिनी प्रदेशका स्थानीय तहमा गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, छत्रदेवी गाउँपालिका, राजपुर गाउँपालिका, डुडुवा गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् ।

कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका, जुनीचाँदे गाउँपालिका र भैरवी गाउँपालिकाले बजेट पेश गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका पंचदेवल विनायक नगरपालिका र बुंगल नगरपालिकाले हालसम्म बजेट पेश गरेका छैनन् ।


क्याटेगोरी : पालिका, गाउँपालिका, नगरपालिका
ट्याग : #औरही गाउँपालिका, #कञ्चनरुप नगरपालिका, #कटहरीया नगरपालिका, #कमला नगरपालिका, #कर्जन्हा नगरपालिका, #कालिकामाई गाउँपालिका, #गैडहवा गाउँपालिका, #चन्दननाथ नगरपालिका, #छत्रदेवी गाउँपालिका, #जुनीचाँदे गाउँपालिका र भैरवी गाउँपालिकाले बजेट पेश गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका पंचदेवल विनायक नगरपालिका, #डुडुवा गाउँपालिका, #दर्गाभगवती गाउँपालिका, #देवाही गोनाही नगरपालिका, #धनुषाधाम नगरपालिका, #धोबीनी गाउँपालिका, #नगराइन नगरपालिका, #नवराजपुर गाउँपालिका, #नौजी गाउँपालिका, #पचरौता नगरपालिका, #पुथा उत्तरगंगा गाउँपालिका, #पोखरिया नगरपालिका, #प्रसौनी गाउँपालिका, #फतुवा विजयपुर नगरपालिका, #बरियारपट्टी गाउँपालिका, #बलान–विहुल गाउँपालिका, #बुंगल नगरपालिका, #बौधीमाई नगरपालिका, #मलंगवा नगरपालिका, #महागढीमाई नगरपालिका, #माधवनारायण नगरपालिका, #मायादेवी गाउँपालिका, #मिर्चैया नगरपालिका, #मौलापुर नगरपालिका, #युमनाई गाउँपालिका, #राजपुर गाउँपालिका, #विदेह नगरपालिका, #विष्णु गाउँपालिका, #विष्णुपुर गाउँपालिका, #सखुवा प्रसौनी गाउँपालिका, #सोनम गाउँपालिका, #हनुमाननगर कंकालिनी नगरपालिका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ