काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र रहेका संघ,सस्था तथा व्यापार,व्यवसाय गर्नेहरुलाई आफ्नो कार्यास्थल बाहिर राखिएको परिचय बोर्डको (साइन बोर्ड ) शुल्क बुझाउन निर्देशन गरेको छ ।
महानगरले आज एक सार्वजिक सुचना जारी गदै महानगरक्षेत्रभित्र व्यापार,व्यवसाय गर्ने ,विभिन्न संघ सस्था तथा कार्यालयहरुले आफ्नो कार्यास्थल बाहिर राखिएको परिचय बोर्डको (साइन बोर्ड ) शुल्क ३० दिन भित्र सम्बन्धित वडा बुझाउन जानकारी गराएको छ ।
त्यस्तै महानगरले साइन बोर्ड राख्दा ६ वर्ग फुटसम्म एक वटा साइनबोर्डको वार्षिक ५ सय रुपैयाँ ,१५ वर्ग फुटसम्म एकवटाको वर्षिक १ हजार ५ सय र १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रतिवर्ष फुट एक वटाको वार्षिक एक हजार रुपैयाँ शुल्क लाग्ने उक्त सुचनमा उल्लेख छ ।
महानगरले सो अवधिमा शुल्क नबुझाएमा तथा तोकिएको साइज भन्दा ठूलो साइन बोर्ड भएमा तत्काल हटाउने चेतावनी दिएको छ ।
साथै महानगरले ३० वर्गफुट भन्दा ठूलो परिचय बोर्ड राख्न निषेध गरेको छ ।
