२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेपाली कांग्रेसका सांसदले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

नेपाली कांग्रेसका सांसदले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने


काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले आफ्ना सांसद दिएको दसैं भत्ता सरकालाईनै फिर्ता दिने निणर्य गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्धारा आज एक विज्ञप्ति जारी गर्दै सरकारले ‘कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निणर्य गरेको छ,’ खाँणले भने, ‘४३ लाख २० हजार आठ सय १० रूपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निणर्य भएको बताएका छन् ।

कांग्रेसका प्रमुख सचेतक खाणले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस महामारी संक्रामक रोग भएका कारण रोगको परीक्षण र उपचारको दायित्व सरकार भएको स्मरणसमेत गराइएको छ । “सरकारले हालै गरेको निणर्यले भोलिका दिनमा भयावह स्थिति सिर्जना हुने निश्चित छ । तसथर् आमनागरिकको जीवनमाथि नै खेलबाड हुने गरी गरिएको निणर्यलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनताप्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी आमनागरिकको जीवनरक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँछौं,” विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ