२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशझापा-५ बाट केपी ओलीको नाम सिफारिस 

झापा-५ बाट केपी ओलीको नाम सिफारिस 


झापा – प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम  सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ