२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री केपी शर्मा ओली मन्त्री निवास पुल्चाेकमा

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री निवास पुल्चाेकमा


काठमाडौँ ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल सकेर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री निवास पुल्चोकमै पुगेका छन् ।  भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पनि सहभागीता रहेको छ ।

पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निणर्याक भूमिकामा रहन्छन्।आज बिहान करिब ११ बजे प्रचण्डलाई भेटन प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए।

खुमलटारमा अध्यक्ष दाहालसँगको भेटवार्तामा  उपाध्यक्ष वामदेव गौतमको पनि सहभागिता थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्न उनकै निवास पुगेका हुन्।

हिजो शुक्रबार दिउँसो दाहाल-नेपाल समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरेका थिए ।

भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए।

पेरिसडाँडा पछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार गएका थिए। उक्त भेटमा प्रचण्डले ’म मात्रै आइरहन्छु तपाईं पनि मेरोमा आउन हुन्छ नि’ भनेपछि ओली आज खुमलटार पुगेका हुन्।

 

आजको दाहाल-ओलीको यो भेटलाई अर्थपूणर् रुपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ