२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशनेकपा एमाले विराटनगर महानगर कमिटीको ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु

नेकपा एमाले विराटनगर महानगर कमिटीको ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु


 

विराटनगर । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटीले ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ ।
नेकपा एमाले महानगर कमिटी अन्तर्गत विराटनगर-२ वडा कमिटीले सुकुम्बासी बस्तीमा आज (शनिबार) एक कार्यक्रम गरी टोल कमिटी गठन गरेर उक्त अभियान सुरु गरेको हो ।

नेकपा एमाले मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले अभियानलाई सम्बोधन गर्दै नेकपा एमाले सरकारमा भएको बेला गठन गरिएको सुकुम्बासी आयोग खारेज गरेर अहिलेको सरकार भूमिहिन तथा सुकुम्बासीहरुको हकहित र अधिकारको पक्षमा नभएको बताए ।

उनले आउँदो स्थानीय निर्वाचनमा महानगर तथा महानगरका सबै वडामा नेकपामा एमालेको कुशल नेतृत्वमा एमालेमय हुने समेत दाबी गरे ।त्यस्तै,तीनै तहको निर्वाचनपछि महानगर मात्र नभएर देशै एमालेमय हुने भएकाले सुकुम्बासीहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्न नेकपा एमालेलाई विजयी गराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले विराटनगर महानगर वडा २ कमिटीका अध्यक्ष विज्ञान शर्मा चापागाईँले भूमिहिन तथा सुकुम्बासीहरुको हकहित र अधिकारका लागि एमाले मात्रै रहेकाले आउँदो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजय आवश्यक रहेको बताए ।

उक्त, कार्यक्रममा विराटनगर महानगरपालिका वडा २ का वडाध्यक्ष कुमार पोखरेल, नेकपा एमाले जिल्ला सदस्य संजय बरुवा लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #कुमार पोखरेल, #नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटी, #बाबुराम कार्की, #विज्ञान शर्मा चापागाईँ, #संजय बरुवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ