नेकपा एमाले विराटनगर महानगर कमिटिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘मेरो वडा म जिताउँछु’ अभियानलाई तिब्रता दिएको छ ।
सो अभियान अन्तरगतका हिजो शनिबार वडा २ मा मुनालपथटोल कमिटी गठन भएको छ । केशवनाथ दहालको अध्यक्षतामा ३१ सदस्यीय कमिति गठन भएको थियो ।
सोही वडा कमिटीका अध्यक्ष बिज्ञान शर्मा चापागाईले कार्यक्रमको अध्यक्षता गदै मेरो वडा म जिताउछु अभियानमा व्यक्ति भन्दा पाटी प्रधान हुनु पर्छ, पार्टी नेताबाट होइन जनताबाट चलनु पर्छ भनेमा जोड दिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य जिवन घिमिरेले केपि शर्मा ओली प्रधानमन्त्री हुदा गरेको विकासको लहर जस्तै कोशी अस्पतालको नयाँ भवनको सुरुवात, आयुर्वेदिक अस्पतालको विकास, जोगबनी किमाथांका रोड, सहिद रंगशालामा फ्रोड लाईट जडान, रगेली कानेपोखरी रोड । त्यसकारण स्थानिय निर्वाचनमा विराटनगरमा नेकपा एमाले जितको विकल्प अरु नभएको बताए ।
त्यस्तै, उक्त कार्यक्रमका बिशेष अतिथि नेकपा एमाले जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले देशको वर्तमान राजनितिमा एमाले नै निर्णयक शक्ति रहेकाले एमाले बाट मात्र देशको समृदि सम्भव हुनेछ भने भनाई राखे ।
वक्ता नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले हालको मेयरले कुरा बढी काम कम गरे भने आरोप लगाए ।