२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदखेलकुद महासंघको स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न

खेलकुद महासंघको स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न


काठमाडौं । नेपाल खेलकुद महासंघले स्थायी कमिटीको पहिलो पूणर् बैठक सम्पन्न गरेको छ ।

महासंघले बानेश्वर १० काठमाडौं स्थित नयाँ केन्द्रीय कार्यालयमा स्थायी कमिटीको पहिलो पूणर् बैठक बैठक गरेको हो ।

उक्त बैठकका प्रमुख अतिथिमा नेपाल खेलकुद महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा रहेका थिए भने  महासंघका सहइन्चार्ज रमेश पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे थियो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम बस्नेत)को अध्यक्षतामा सम्पन्न बैठकमा महासंघका प्रदेश इन्चार्जहरुले आ–आफ्नो प्रदेशमा भएको गतिविधि र खेलकुद महासंघको प्रगति तथा कार्यक्रमबारे विवरण सुनाएका थिए ।

बैंठकमा अध्यक्ष बस्नेतले गठबन्धन सरकारले खेलकुदको बजेट बिनियोजन गर्दा पहिलेको तुलनामा घटाएको भन्दै दुख व्यक्त गरे ।

बैठकले भदौ अन्तिम साता राष्ट्रिय भेला गरेर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जित निकालेका महासंघका सदस्य तथा विभिन्न पदाधिकारीहरुलाई बधाई कार्यक्रम गर्ने निणर्य गरेको छ ।

त्यस्तै, बैठकले ११ असारभित्र काठमाडौं मेट्रो स्पोर्ट्स कार्यक्रम पनि गर्ने निणर्य गरेको छ । नयाँ कार्यालयको व्यवस्थापनाको जिम्मेवारी विभिन्न सदस्यहरुलाई  बैठकले दिएको छ ।

कार्यक्रमअघि बानेश्वर १०मा रहेकाे महासंघको नयाँ कार्यालयको उद्घाटन बाँस्कोटाले गरेका थिए ।


क्याटेगोरी : खेलकुद, राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ