२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर २ गते गर्न सरकारलाई सिफारिस

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर २ गते गर्न सरकारलाई सिफारिस


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर २ गते शुक्रबार गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले अगामी निर्वाचनको बिषयमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार भेटवार्ता गरेका छन ।

आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले न्युज काराेबारपाटी सँग भने ।

जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका उनले जानकारी दिए ।

 

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रतिनिधिसभा, #प्रदेशसभा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ