काठमाडौं । आर्थिक बर्ष २०८०/८१ का लागि ७ वटै प्रदेशको बजेट सार्वजनिक भएको छ ।
सातै प्रदेशको २ खर्ब ७७ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८०/८१ का लागि कर्णाली प्रदेश बजेट बढाएको छ भने अरु ६ प्रदेशले घटाएका छन् ।
आर्थिक बर्ष २०८०/८१ का लागि कोशी प्रदेशले ३४ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबर, बाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ , मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड लाख रुपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँ, कर्णाली प्रदेश ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ, सुदुुर पश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
कोशी प्रदेश
आर्थिक बर्ष २०८०/८१ का लागि कोशी प्रदेशले ३४ अर्ब २४ करोड ३५ लाख रुपैयाँ १० हजार रुपैया बराबरको बजेट ल्याएको छ । कोशी प्रदेशले कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
मधेश प्रदेश
मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ ३२ रुपैयाँ बराबरको आगामी आर्थिक बर्षको लागि बजे ल्याएको छ ।यस प्रदेशले कुुल विनियोजनमध्ये चालुुतर्फ १८ अर्ब २१ करोड ७६ लाख र पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख रहेको छ । त्यस्तै वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब ५२ करोड ८० लाख ४७ हजार विनियोजन गरिएको छ ।
बागमती प्रदेश
सात प्रदेश मघ्ये बाग्मती प्रदेशले आर्थिक वर्षक २०८०/८१का लागि सबैभन्दा धेरै ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याएको छ । यस प्रदेशले कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय हस्तान्तरणमार्फत ७ अर्ब ५७ करोड ४६ लाख ९६ विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेशले कुल बजेटमघ्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार , पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार र वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ७५ लाख विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गण्डकी प्रदेशले कुल बजेट मघ्य् चालु खर्चतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ । पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार र वित्तीय हस्तान्तरणमार्फत २ अर्ब १० करोड ५५ लाख विनियोजन गरिएको छ ।
विनियोजन गरेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रुपैयाँ रहेको छ । पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार र वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड चार लाख विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
प्रदेश सरकारले २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ८९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको छ । पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार र वित्तीय हस्तान्तरणमार्फत २ अर्ब २४ करोड ७५ लाख विनियोजन गरिएको छ ।