२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशकाबेलीको प्रथम साधारण सभा सम्पन्न

काबेलीको प्रथम साधारण सभा सम्पन्न


काठमाडौँ । काबेली बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

मोरङको उर्लाबारीमा पुस २३ गते इन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न उक्त सभाले सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा संस्थाका अध्यक्ष सुरेश आर्चायले पेश गर्नु भएको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी  पारित गरेकाे  थियो ।

त्यस्तै,सभाले संस्थाको विनिमय संशोधन ,अन्य संस्थासँग एकीकरण गर्ने अख्तियारी प्रस्ताव समेत पारित गरेको छ । साथै,  आर्थिक वर्ष २०७९-८० को बार्षिक निति कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

सभामा उठेका प्रश्नको उत्तर दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास पौड्यालले हरेक सुझावलाई अनुसरण गदै संस्थालाई प्रगतिको पथमा लाने प्रतिबद्धता व्यक्त गरे ।
सभामा स्वागत मन्तब्य संचालक सदस्य प्रकाश भट्टराईले राखेका थिए भने सभा संचालन  सचिव आरआर निरौलाले गरेका थिए ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ