२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशमोरङमा एक साताका लागि निषेधाज्ञा थपियो

मोरङमा एक साताका लागि निषेधाज्ञा थपियो


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साताका लागि लम्बाएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर २८ असार मध्यरातिसम्मका लागि निषेधाज्ञा अवधि थप गरेका हुन् ।

मंगलबार देखि मोरङमा जोर-बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन गर्न दिइने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

सोमबार बिहान बसेको डिसिसीएमसीको बैठकले निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने, सार्वजनिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने निणर्य गरेको उनले बताए । यसअघि ४ बजेसम्म मात्र पसलहरू खोल्न दिने गर्ने निणर्य प्रशासनले गरेको थियो ।

शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए । अस्पतालहरुमा कोभिड-१९ संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउनुपर्नेछ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिई सकेको छ । कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक १८ वैशाख राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ