२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशसंखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या


विराटनगर । संखुवासभाको मादी नगरपालिकाको -०१मा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले संखुवासभा जिल्लाका नाका सिल गरेको छ ।
सघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ ।

हत्या गरिएको २४ घन्टापछि मंगलबार बिहानदेखि अनुसन्धान सुरु भएको छ । प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगेको छ ।

सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । उनका ८५ वर्षीय बाबु बौद्धमान कार्की भने सकुशल छन् ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ