२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशधरान उपमहानगरपालिकाको कर तथा राजश्व विधुतीय प्राणलीबाट भुक्तानी गर्न मिल्ने

धरान उपमहानगरपालिकाको कर तथा राजश्व विधुतीय प्राणलीबाट भुक्तानी गर्न मिल्ने


धरान । धरान उपमहानगरपालिकाले असोज १ गते देखि अनलाइन प्रविधिबाट आफ्नो सबै कर भुक्तानी तिर्न सकिने सुविधा ल्याएको छ।

उपमहानगरमा नगरबासीहरुले बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूणर् कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर बुझाउन सक्ने छन्।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने उपमहानगरले विश्वास लिएको छ।

यसका लागि सबैभन्दा पहिला एकपटक आफ्नो वडामा गएर इमेल र मोबाइल नम्बर दर्ता गराउनुपर्ने छ। त्यसपछि उपमहानगरको वेबसाइटमा गएर युजरनेम र पासवर्ड लिनुपर्छ। त्यसरी लगइन गरेपछि सोझै आफ्नोे बैंक खाताबाट कनेक्ट आइपिएस वा इसेवा वालेट मार्फत् राजश्व बुझाउन सकिने छ।

देशभरका स्थानीय तहमध्ये धरान उपमहानगरपलिका बिधुतीय प्रणालीको प्रयोगरि कर तथा राजश्व भुक्तनीको कार्य सुरु जनतालाई सेवा गर्ने पहिलो स्थानीय निकाय भनेको छ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ