२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशदिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम

दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम


 

खोटाङ – डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले दिक्तेलबजारमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ बैंकले आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो ।

डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बलाउने लक्ष्यका साथ डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंकका प्रदेश नम्बर १ का प्रमुख सुवास सापकोटाले बताए ।

कार्यक्रममा सहभागीलाई मोबाइल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी दिइएको छ । डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्‍याएर घरैमा बसी–बसी बैंकिङ कारोबार गर्ने वातावरण बनाउनका लागि वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरिएको ग्लोबल आइएमई बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्टका अफिसर विजय सापकोटाले बताए ।

कार्यक्रममा सो बैंकका मार्केटिङ डिपार्टमेन्टका रिलेसनसीप अफिसर दीप्ति ढुंगेलले डिजिटल बैंकिङ अनिवार्य रूपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको बताएकी छन् ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ