२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशएक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८.५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २० रुपैयाँ ७४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य तीन सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले आज (२८ असारमा) बुक क्लोज गर्ने छ । यसर्थ, हिजो (२७ असार) सम्ममा नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकको १६ औं वार्षिक साधारणसभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ