२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशगठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै

गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै


सर्लाही क्षेत्र नं १ मा सत्ता पक्ष र बिपक्षी दुबै गठबन्धनको उम्मेदवारलाई लालबन्दी नगरपालिकाका पुर्व प्रमुख तथा नेकपा एमालेका तत्कालीन नेता मानबाहादुर खडकाको स्वतन्त्र उम्मेदवारीले कडा टक्टर दिने अवस्था देखिन्छ ।

यस क्षेत्रबाट सत्ता पक्षको गठबन्धनबाट लोसपाका नेता रामप्रकाश चौधरी र बिपक्षी गठबन्धनबाट पुर्व सासंद एवम् जसपा नेता प्रमोद शाह उम्मेदवारको रुपमा खडा भएका छन् ।

साविक जब्दी गाबिसका पुर्व गाबिस अध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रथम प्रमुख खड्का यस क्षेत्रमा कहलिएको चर्चित एवं लोकप्रिय नाम हो । जन समुदायमा आफ्नो अलग्गै छवि बनाएका खड्का आफ्नो क्षेत्रमा ईमान्दार र मिलनसार नेताको रुपमा चित परिचित छन ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मेयरमा दोहोरिन चाहेका खड्कालाई प्रदेशले टिकट दिएर मनोनयन गरेपछि पनि केन्द्रले अन्तिम समयमा टिकट फिर्ता गर्न लगाएको थियो । जसलाई उनले पार्टीको निणर्य भनेर त्यति बेला सहज रुपमा स्वीकारेका थिए ।

स्वतन्त्र उम्मेद्वार खड्काले आफ्नो ब्यक्तिगत प्रभाव र अन्य दल ,बुद्धीजिविको समर्थनमा आफ्नो पक्षमा व्यापक माहोल बनाउदै गरेकाे  देखिन्छ ।

जनमतको कदर नगरी केन्द्रबाटै गरिने तालमेल र सिटबाडफाट बैज्ञानिक तवरले नभई आफु सुरक्षित हुन मात्र ठुला नेताहरुले गर्ने गरेको आरोप लगाउदै प्रमुख दलका स्थानीय नेताहरु नेतृत्व प्रति आक्रोश पोख्दै गरेको सामाजिक सन्जालमा  प्रस्ट देख्न सकिन्छ ।

खड्कालाई जसरी पनि जिताउछौ भनेर विभिन्न दलका नेतृत्वले माला पहिराउदै शुभकामना र अठोट ब्यक्त गरेका तस्विर र भिडियोले यतिबेला सबैको ध्यान तानेको छ ।


क्याटेगोरी : राजनीति, मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ