जनकपुर। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ सम्मका लागि जिल्लामा निषेधाज्ञा थपेकाे छ ।
कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गइरहेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको वताए ।
उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ । महोत्तरीमा गत वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ ।
निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।
![](data:image/svg+xml,%3Csvg%20xmlns='http://www.w3.org/2000/svg'%20viewBox='0%200%201080%201513'%3E%3C/svg%3E)