२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशभूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ


 

काठकाडौं -भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८:१५ मा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।


क्याटेगोरी : मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ