२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकांग्रेस बागमती प्रदेश अधिवेशन  : दोस्रो पटकको मतदान सकियो, चुनाव जित्नेमा बानिया विश्वस्त 

कांग्रेस बागमती प्रदेश अधिवेशन  : दोस्रो पटकको मतदान सकियो, चुनाव जित्नेमा बानिया विश्वस्त 


मकवानपुर  – नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचन सकिएको छ । निर्वाचनमा २०२५ मत खसेको छ ।

प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो ।

सभापति पदमा शेरबहादुर देउवा पक्षका नेपाली कांग्रेस मकवानपुरका सभापति, बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानिया, रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानबीच भएको चुनावमा कसैको पनि बहुमत नआएपछि चुनाव भएको थियो ।

गएराति सकिएको चुनावमा २ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाले ९ सय ९२ मत प्राप्त गरेका थिए । राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाले जम्मा ४८ प्रतिशत मात्र मत पाएकाले सभापति हुन अयोग्य भएका थिए ।

सभापतिका अर्का उम्मेदवार केसीले ८ सय ७७ मत पाएका थिए भने प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए । बानिया सहित तीनै जना सभापतिका उम्मेदवारले पार्टीको विधान अनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान भएको हो ।

दोस्रो पटकको निर्वाचनमा तेस्रो भएका अर्थात् चुनावी दौडबाट बाहिरिएका प्रधानले आइतबार पत्रकार सम्मेलन नै गरेर बानियालाई आफ्नो टिमको समर्थन रहेको घोषणा गरेका थिए । यसपछि बानिया र केसीका बीच चुनाव भएको हो ।

दोस्रो पटकको भोटिङमा प्रधानको समेत समर्थन रहेकाले बानिया आफूले जित्नेमा विश्वस्त रहेको बताउँछन् । अब केही बेरमै मतगणना कार्य सुरु गरिने जनाइएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #कांग्रेस बागमती प्रदेश अधिवेशन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ