२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशडिभिजन वन लमजुङको ९०.८४ प्रतिशत प्रगति

डिभिजन वन लमजुङको ९०.८४ प्रतिशत प्रगति


लमजुङ – डिभिजन वन कार्यालय लमजुङले गत आर्थिक वर्ष ०७७-७८ मा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ ।

 डिभिजनल वन प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये चालूतर्फ ९७ दशमलव ९० प्रतिशत प्रगति भएको छ भने पुँजीगततर्फ ८४ दशमलव ५९ प्रतिशत वित्तीय प्रगति भएको छ ।

संघीय सशर्त कार्यक्रमतर्फ पनि चालू कार्यक्रममा ९० दशमलव ५६ प्रतिशत वित्तीय प्रगति भएको छ भने पुँजीगततर्फ शतप्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित ४ करोड ७८ लाख ९५ हजार रुपैयाँमध्ये ३ करोड, ७ लाख, १८ हजार अर्थात् ६४ दशमलव १४ प्रतिशत मात्रै खर्च भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ