२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशस्याङ्जाको वालिङमा पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जाको वालिङमा पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु


स्याङ्जा । स्याङ्जाको वालिङमा नगरपालिका —१४ स्थित तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जानको मृत्यु भएको छ। त्यस पहिरोमा  १० जना पुरिएका थिए।

तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ जनाको शव    निकालेका छन् ।

मृत्यु हुनेमा पाँच वर्षीय बालक कविर नेपालीसहित घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली छन् । पहिरोमा परेर घाइते भएकी १६ वर्षीया मनिषा नेपालीको पोखरामा उपचार भइरहेको छ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ