२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिरेसुंगाको मेयरमा एमालेबाट इन्जिनियर पाण्डेय भिड्दै

रेसुंगाको मेयरमा एमालेबाट इन्जिनियर पाण्डेय भिड्दै


गुल्मी – नेकपा एमालेले रेसुंगा नगरपालिकाको मेयर पदको उमेदवारको रूपमा इन्जिनियर राजेन्द्र पाण्डेयको नाम सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ । मंगलबार पाण्डेयलाई नगरकमिटीले सर्वसम्मत उम्मेदवार बनाएपछि जिल्लामा चर्चा र ऊर्जा सुरु भएको छ ।

निजामती सेवामा ३२ वर्ष बढी सेवारत पाण्डेय सहरी विकास मन्त्रालयको सिनियर डिभिजन इन्जिनियर पदबाट भर्खरै सेवा निवृत्त भएका थिए । पाण्डेयले ०३५ सालबाट महेन्द्र माविको प्रारम्भिक कमिटी मार्फत राजनैतिक यात्रा सुरु गरे ।

अनेरास्वावियू हुँदै निजामतीमा प्रवेश गरेपछि पाण्डेयले कर्मचारी संगठनका विभिन्न पदमा रहेर संघर्ष गरेका छन् । उनले जनताको यो अपार माया र साथलाई सफलतामा परिणत गर्ने बताए ।


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ