२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशहुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु


 

सिमकोट – हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।

खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लागएका छन् । सोमबार सिमकोट गाउँपालिका- ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।

नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो ।

आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।

 


क्याटेगोरी : समाज, कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ