२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीका २९४ मतदानस्थल अति संवेदनशील

कर्णालीका २९४ मतदानस्थल अति संवेदनशील


सुर्खेत – जटिल भू-बनोट र छरिएका बस्ती रहेको कर्णालीमा दुई सय ९४ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णालीका ७९ वटा स्थानीय तहमा नाै सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा प्रदेश सुरक्षा समितिले तयार पारेका प्रतिवेदनमा उक्त कुरा उल्लेख रहेको छ । सबैभन्दा बढी ७३ वटा मतदानस्थल कालीकोटमा र जाजरकोटका एक संवेदनशील रहेको हुन् । चार सय चार मतदानस्थल संवेदनशील, दुई सय आठ मतदानस्थल सामान्य अवस्थामा रहेको समितिले जनाएकाे छ । सुरक्षाका हिसाबले हिमाली जिल्लामा सबैभन्दा बढी समस्या छ ।

जान र आउन मात्र हप्ता दिन लाग्ने ठाउँ भएकाले पनि समस्या भएको हो । उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग, मुगुका अधिकांश भागमा आउन र जान समस्या छ । संवेदनशील ठाउँमा सबै तहका सुरक्षाकर्मी परिचालन गरिनेछ । अति संवेदनशील मानिएका मतदानस्थलमा चारवटै सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

चारवटै सुरक्षा निकायको टोली सुरक्षा बिट र मोबाइल टिम व्यवस्थापनमा जुटेको छ । संवेदनशील स्थानहरूमा के कस्तो सुरक्षा व्यवस्था मिलाउन सकिन्छ भनेर सम्बन्धित पालिकाहरूसँग समन्वय गरिरहेको उनले बताए ।

अहिलेदेखि नै अति संवेदनशील मानिएका क्षेत्रमा नियमित गस्ती गर्ने व्यवस्था मिलाएको उनले थपे ।

जाजरकोटमा संवेदनशीलको संख्या बढ्न सक्ने आंकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहदुर शाहीले जानकारी दिए । अधिकांश ठाउँमा टावरले काम गर्ने र यातायाता सञ्चालन नहुँने पाइएकाले थप्ने की भन्ने थियो तर समय सकिएकोले त्यो सूचीमा सूचिकृत हुन नसकेको प्रजिअ शाहीले बताए ।

 


क्याटेगोरी : विविध, कर्णाली प्रदेश
ट्याग : #रामबहदुर शाही, #स्थानीय तह निर्वाचन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ