२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशदेशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल

देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल


काठमाडौं । ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको    पहिलो बैंक बनेको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका-३, दुनैमा २८९ औ नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्याउँदै आइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #ग्लोबल आइएमई बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ