२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशडोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो


 

 

डोटी – डोटीमा भूकम्पका कारण घर भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

मध्य रातमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अन्य केही घाइते भएका छन् ।

सो भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरमा महसुस गरिएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ